कक्षा १२ को नतिजाप्रति असन्तुष्टि जनाउँदै माइतीघरमा प्रदर्शन

कक्षा १२ को नतिजाप्रति असन्तुष्टि जनाउँदै विद्यार्थीहरूले काठमाडौँमा विरोध प्रदर्शन गरेका छन् ।

नतिजा प्रकाशन र मूल्यांकन प्रक्रियामा त्रुटि भएको, पुनर्मूल्यांकन तथा रि-टोटलिङको प्रभावकारी व्यवस्था नभएको भन्दै विद्यार्थीहरूले बिहीबार काठमाडौँको माइतीघरमा विरोध प्रदर्शन गरेका हुन् ।

प्रदर्शनको नेतृत्व रञ्जित कार्की, साहिल रिजाल, दिवस श्रेष्ठ, स्मृति खतिवडा, अंशु पन्त र साहेब साह लगायतका विद्यार्थीहरूले गरेका थिए ।

प्रदर्शनमा सहभागीहरूले १२ वर्षको मेहनत खेर जिम्मेवार को ?, जवाफ दे, हाम्रो भविष्य बर्बाद भयो, हामी न्याय खोज्न कहाँ जाँउ ? आदि लेखिएका प्लेकार्ड प्रदर्शन गरेका छन् ।

Scroll to Top