कास्कीको रुपा गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ५५ करोड ३८ लाख १ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ ।
गाउँपालिकाकी उपाध्यक्ष लालसुबा गुरुङले सोमबार गाउँसभामा बजेट प्रस्तुत गर्दै स्थानीय उत्पादन र उत्पादकत्व वृद्धि, कृषि आत्मनिर्भरता, पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य तथा रोजगारी सिर्जनालाई प्राथमिकतामा राखिएको जनाइन् ।
बजेटअनुसार चालु खर्चतर्फ ४१ करोड ८२ लाख ३० हजार रुपैयाँ र पुँजीगत खर्चतर्फ १३ करोड ५५ लाख ७१ हजार रुपैयाँ विनियोजन गरिएको छ ।
बजेट कार्यान्वयनका लागि नेपाल सरकारबाट प्राप्त हुने वित्तीय समानीकरण अनुदान, राजस्व बाँडफाँड, सशर्त, समपूरक र विशेष अनुदान, गण्डकी प्रदेश सरकारका विभिन्न अनुदान, चालु आर्थिक वर्षको मौज्दात रकम तथा गाउँपालिकाको आन्तरिक स्रोत परिचालन गरिने भएको छ ।







