पोखराको नदीपुरस्थित ज्ञानभूमि माध्यमिक विद्यालयलाई वडा नम्बर ३ मार्फत विविध सहयोग गरिएको छ ।
वडा कार्यालयले विद्यार्थीलाई ट्रयाकसुट, जुत्ता, मोजालगायत वितरण गरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामेश्वरी हमालले जानकारी दिएकी छिन् ।
सहयोग हस्तान्तरण कार्यक्रममा प्रमुख अतिथि, वडाध्यक्ष एवं शिक्षाप्रेमी प्रकाशमान उदासले वडाकै विद्यालय भएकाले सहयोगलाई आगामी दिनमा समेत निरन्तरता दिने जनाए ।
उक्त अवसरमा वडा सचिव विष्णु लामिछाने, सदस्य शान्ति पराजुली र सबि परियार, लेखापाल गोविन्द खनाल र रितु तामाङ लगायतले सहयोग सामग्री वितरण गरेका छन् ।








