अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले कीर्तिपुरको होल्डिङ सेन्टरमा बसिरहेका सुकुम्बासीहरूलाई ५ दिनभित्र भवन खाली गर्न सूचना टाँसेको छ।
सोमबारदेखि शुक्रबारसम्म स्वस् व्यवस्थापन गरी कीर्तिपुरको होल्डिङ सेन्टर खाली गर्न भन्दै समितिले सूचना टाँसेको हो।
यस अवधिमा कीर्तिपुर होल्डिङ सेन्टरमा ६८ परिवारका २०३ जना बस्दै आएका छन्। प्रत्येक परिवारलाई स्वस् व्यवस्थापनका लागि २५ हजार रूपैयाँ दिएर खाली गर्न भनेको समितिले जानकारी दिएको छ ।
समितिका अनुसार उनीहरूलाई त्यहाँबाट हट्न भन्दा पहिला उनीहरूको खातामा स्व-व्यवस्थापनका लागि पैसा हालिदिइन्छ। स्वस् व्यवस्थापन गर्न ५ दिन समय दिइएको छ।
राहत प्राप्त गर्न खाता नम्बर सहितको निवेदन पेस गरेपछि व्यवस्थापनकालागि २५ हजार रुपैयाँ दिइने छ भने वास्तविक सुकुम्बासी प्रमाणित भएमा मासिक १५ हजार पाउने समितिले बताएको छ ।
२०८३ वैशाख १२, १३, १८, १९ र २० गते काठमाडौं उपत्यका नदीका किनाराका विभिन्न जोखिमयुक्त बस्तीहरू हटाइएको थियो। उक्त बस्तीहरू हटाइएपछि २ हजार ६०८ जनाले नाम दर्ता गराएका छन्।
उनीहरूलाई सरकारको निर्णयअनुसार विभिन्न होल्डिङ सेन्टरमा बसिरहेकाहरूलाई स्वस् व्यवस्थापन गर्न मासिक २५ हजार रूपैयाँ दिने भनिएको छ। सोही रकम दिएर हटाउन थालिएको हो।







