राष्ट्रिय स्वतन्त्र पार्टीले नेतृत्व चयनमा विद्युतीय मतदानको तयारी गरेको छ ।
रास्वपा प्रवक्ता मनिष झाका अनुसार राम-लक्ष्मण कम्पनीको विद्युतीय भोटिङ मेसिनबाट रास्वपाले मतदान गर्न लागेको हो ।
मेसिन प्रयोगका लागि राम-लक्ष्मण कम्पनीलाई २५ लाख रूपैयाँ रकम दिइसकेको उनले बताए ।
त्यसैगरी रास्वपाले विदेशका प्रतिनिधिलाई पनि मतदान गर्न पाउने व्यवस्था गरेको छ । ४० देशका प्रतिनिधिहरूले मतदान गर्नेगरी व्यवस्था गरिएको उनले जानकारी दिए ।
एमालेले ११ औं महाधिवेशनमा २ हजार प्रतिनिधिकालागि ५० लाख रुपैयाँ बुझाएको थियो ।







