पोखरा । रोटर्याक्ट क्लब अफ लेखनाथको आयोजना तथा रोटर्याक्ट क्लब अफ गण्डकी विश्वविद्यालयको सह-आयोजनामा “स्वास्थ्यका लागि साइकल, पर्यटनका लागि यात्रा” भन्ने मूल नाराका साथ विशेष साइकल यात्रा कार्यक्रम आईतबार सम्पन्न भएको छ।
पोखरा महानगरपालिका–३० शिशुवा चोकबाट सुरु भएको उक्त साइकल यात्रा सातमुहाने पुल सम्म पुगेर सम्पन्न भएको थियो ।
रोटर्याक्ट क्लब अफ लेखनाथ वर्ष २०२५/२६ का अध्यक्ष रोटा. कमल गौतमको अध्यक्षतामा सम्पन्न कार्यक्रम प्रमुख अतिथि तथा पोखरा ३० का अध्यक्ष दुर्गाप्रसाद सुवेदीले ब्यानरमा हस्ताक्षर गरी कार्यक्रमको उद्घाटन गरेका थियो।
कार्यक्रममा त्रिवेणी इन्टरनेशनल कलेजका क्याम्पस प्रमुख डिल्लीराम पौडेल, डिस्ट्रिक्ट रोटर्याक्ट रिप्रेजेन्टेटिभ नोमिनी इलेक्ट गौरव सुवेदी लगायतले
नियमित साइकल चलाउने संस्कृतिको विकास, स्वस्थ जीवनशैलीको प्रवर्द्धन तथा पर्यटन प्रवर्द्धनमा यस्ता कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने धारणा व्यक्त गरेका थिए ।
शिशुवा हेल्थ क्लिनिकको प्राविधिक सहयोगमा संपन्न कार्यक्रममा स्वागत मन्तव्य इमिडियट पास्ट प्रेसिडेन्ट रोटा. सर्वेन्द्र न्यौपानेले गरेको थियो ।







