पोखरा, काठमाण्डौं र जनकपुरका मेयर इजरायल लागे

इजरायलको तेल अभीभमा आयोजना हुने म्युनिसिपल कन्फरेन्सको दशौँ संस्करणमा भाग लिन काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोल, पोखराका मेयर धनराज आचार्य र जनकपुरका मेयर मनोजकुमार साह त्यसतर्फ लागेका छन् ।

इजरायल सरकार विदेश मन्त्रालयको निमन्त्रणामा उनीहरु शनिबारर रातिको उडानबाट कार्यक्रमका लागि प्रस्थान गरेका छन् ।

‘सफल साझेदारी (वीनिङ पार्टनरसिप)’ शीर्षकमा हुने सम्मेलनमा भाग लिन विश्वका १५० भन्दा धेरै सहरका प्रमुख, नगरपालिकाका नेताहरु, सरकारी अधिकारी, सहरी योजनाकार तथा विज्ञहरुको सहभागिता हुनेछ ।

असार ९ देखि ११ गतेसम्म चल्ने कार्यक्रममा पोखराका मेयर आचार्य अघिल्लो पटकसमेत सहभागी थिए । बाँकी दुई मेयर भने यस कार्यक्रमा पहिलोपटक सहभागी हुँदैछन् ।

Scroll to Top