पोखरा बसपार्क निर्माणको अभियानमा रहेको पोखरा महानगरपालिकाले पृथ्वीचोक स्थित बास्तोला कम्प्लेक्स हटाएको छ ।
शनिबार कम्प्लेक्समा रहेका ३२० वटा सटरकबलहरु हटाइएको हो । पोखरा महानगरपालिका वडा नं ९ का अध्यक्ष दीपेन्द्र मर्सानीले त्यस स्थानमा रहेका सबै शटरकबलहरु हटाइएको जानकारी दिएका छन् ।
यसअघि नगर प्रमुख धनराज आचार्यले कम्प्लेक्सका सञ्चालक र त्यहाँ व्यवसाय गरेर बसिरहेका व्यवसायीहरूसँग निरन्तर छलफल तथा संवादपश्चात् आज उक्त सटरहरु हटाउन सहज भएको हो ।
बसपार्क निर्माण गर्ने अभियानमा सहयोग गर्ने समझदारीका साथ कम्प्लेक्स पूर्णरूपमा हटाइएको नगर प्रमुख आचार्यले व्यक्त गरेका छन् ।
आचार्यले भने ‘यस कार्यमा समन्वय गर्ने सबै सरोकारवालाहरू प्रति आभार प्रकट गर्दछु ।’
अब यस विषयमा विविध पक्षको अध्ययन गर्न गठित ३ अलग समितिले केही दिनमा प्रतिवेदन बुझाएपछि थप कार्य अघि बढ्ने मेयरले जानकारी दिएका छन् ।







