अब पोखरा-काठमाण्डौको यात्रा जम्मा २ घण्टा !

अब पोखरादेखि काठमाण्डौंबीचको २ सय किलोमिटरको दूरी जम्मा २ घण्टामा छिचोलिने चर्चा सुरु भएको छ ।

सरकारले काठमाडौंदेखि पर्यटकीय शहर पोखरा २ घण्टामै पुग्नेगरी एक्सप्रेस वे (द्रुतमार्ग)को अध्ययन थालेको बताइएको छ ।

पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले बिहीबार प्रतिनिधि सभा बैठकमा काठमाडौं–पोखरा ‘एक्सप्रेस वे’को अध्ययन थालिने बताएका हुन् ।

२ घण्टामै पुग्नेगरी पोखरा–बुटवल ुएक्सप्रेस वेुको ठेक्का यसैवर्ष लाग्ने उनले बताए । बजेटमा यो कार्यक्रम समावेश भएको छ ।

‘२ घण्टामै पोखरा पुग्नेगरी बुटवल– पोखरा एक्सप्रेस वे यही साल टेन्डर लगाउने लक्ष्य छ,’ मन्त्री लम्सालले भने, ‘काठमाडौं–पोखरा २ घण्टामै पुग्ने गरी अर्को योजना अध्ययन गर्छौं । यसको कार्ययोजना अगाडि बढाएका छौं ।’

मन्त्री लम्सालले ६ सय अर्ब लगानीमा ८ वटा पर्यटकीय राजमार्ग बनाउने सरकारको लक्ष्य रहेको बताए ।

‘अहिलेसम्म पूर्व-पश्चिम राजमार्ग बनायौं, पर्यटक भित्र्यउनका लागि रणनीतिक पर्यटकीय राजमार्ग बनाउने सरकारको सोच छ, अहिले नै पनि भारतबाट आउने पर्यटकका कारण पोखरामा ओभर क्राउड छ,’ उनले भने ।

अब उप्रान्त जतिपनि सडकको टेण्डर खुल्छ त्यहाँ अन्डरपास र ओभरपास अनिवार्य गरी सडक सुरक्षालाई ध्यान दिइनेसमेत मन्त्री लम्सालले बताएका छन् ।

त्यस्तै, ३ वर्षमा ३ हजार पुल बनाउन ८१ अर्ब २२ करोड रुपैयाँ छुट्याइएको लम्सालले सुनाए ।

Scroll to Top