सुशासनको बैठकमा गृहमन्त्री गुरुङको निर्देशन -‘विपद् व्यवस्थापनको तयारी गर्नु’

विपद् व्यवस्थापनका लागि तयारी अवस्थामा रहन सम्बन्धित सबै निकायलाई निर्देशन दिइसकेको बताएका छन् ।

बिहीबार सिंहदरबारमा बसेको प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिमा मन्त्री गुरुङले प्राकृतिक प्रकोपबाट प्रभावितहरूको व्यवस्थापनका लागि आवश्यक तयारी गर्न आवश्यक निर्देशन दिइसकेको बताएका हुन् ।

उनले विपद् व्यवस्थापनका लागि भइरहेका तयारीका बारेमा आफूले स्थलगत अनुगमन समेत गर्ने जानकारी दिए । खरिद प्रक्रिया लामो हुँदा उद्धार सामग्री समयमा नै आउन नसक्ने अवस्था समेत देखिएकाले काम गर्न सहज हुने गरी ऐन बनाउनुपर्नेमा उनले जोड दिए ।

मन्त्री गुरुङले यस पटकको बजेटको सिलिङ भन्दा २० अर्ब बढी रुपैयाँ थप भए पनि मन्त्रालयगत रुपमा प्रभावकारी रुपमा काम गर्न अझै पनि बजेट अभाव रहेको गुनासो गरे ।

उनले परम्परागत सुधारका प्रणालीबाट अव लागूऔषध नियन्त्रणमा आउन नसक्ने नदेखिएकाले सुधारका प्रभावकारी योजनाको तयारी भइरहेको जानकारी दिए । क्रस बोर्डरबाट लागूऔषध ओसारपसार देखिएकाले दुवै देशका सुरक्षा अधिकारीको समन्वयमा संयुक्त अप्रेसन गर्न जरुरी देखिएको उनको भनाइ छ ।

त्यसैगरि बैठकमा प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले अहिले सबभन्दा धेरै मधेश प्रदेश र कोशी प्रदेशमा लागूऔषध कारोबार बढी देखिएको जानकारी दिए । लागूऔषध नियन्त्रणका लागि निर्मम भएर कारबाही अघि बढाइएको उनले बताए ।

Exit mobile version