‘रोस्ट्रम प्रधानमन्त्रीको र्‍याप ब्याटलको मञ्च हैन’ – कांग्रेस नेता आङ्देम्बे

नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बे संसद्मा प्रधानमन्त्री बालेन शाहले दिएको अभिव्यक्तिले पदको गरिमा कमजोर बनाएको आरोप लगाएका छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा उनले प्रधानमन्त्रीले जेठ १७ गते संसद्मा ‘र्‍याप शैली’ मा जवाफ प्रस्तुत भएको टिप्पणी गर्दै संसद्को रोस्ट्रम र्‍याप ब्याटलको मञ्च नभएको बताए ।

उनले प्रधानमन्त्रीको शैलीप्रति आफू प्रशंसक भए पनि संसद्मा व्यक्त गरिएका भनाइले प्रधानमन्त्रीको गरिमामाथि नै प्रश्न उठाएको जिकिर गरे । उनले प्रधानमन्त्रीले आफ्नो अभिव्यक्तिको प्रभावबारे हेक्का नराखेको आरोप समेत लगाए ।

जेठ १७ गते प्रधानमन्त्रीको सदनमा उपस्थित प्रधानमन्त्रीको एकलौटी र एकपन भएको आङदेम्बेको भनाइ थियो ।

Scroll to Top