पछिल्ला केही हप्तायतादेखि बर्डफ्लु सङ्क्रमणका कारण कुखुरा र अण्डा नष्ट गर्ने क्रम बढेको छ ।
हालसम्म पाँच लाख ५३ हजार ७५० कुखुरा नष्ट गरिएका छन् । यस क्रममा पीडित किसानलाई राहत रकम उपलब्ध गराउने निर्णय गरिएको छ ।
रोग नियन्त्रणमा खटिएको पशुसेवा विभागको टोलीले दिएको जानकारीअनुसार प्रभावित १० जिल्लामा ७२ फार्मका लेयर्स कुखुरा र स्थानीय जातका कुखुरा नष्ट गरिएका छन् ।
सरकारको निर्देशनअनुसार खटिएको ‘द्रुत कार्य टोली’ले कुखुरासँगै १० लाख ९०० अण्डा र दुई लाख पाँच हजार किलो कुखुराको दाना पनि नष्ट गरेको पशुसेवा विभागका वरिष्ठ पशुपछिल्ला केही हप्तायतादेखि बर्डफ्लु सङ्क्रमणका कारण कुखुरा र अण्डा नष्ट गर्ने क्रम बढेको छ ।
हालसम्म पाँच लाख ५३ हजार ७५० कुखुरा नष्ट गरिएका छन् । यस क्रममा पीडित किसानलाई राहत रकम उपलब्ध गराउने निर्णय गरिएको छ ।
रोग नियन्त्रणमा खटिएको पशुसेवा विभागको टोलीले दिएको जानकारीअनुसार प्रभावित १० जिल्लामा ७२ फार्मका लेयर्स कुखुरा र स्थानीय जातका कुखुरा नष्ट गरिएका छन् ।
सरकारको निर्देशनअनुसार खटिएको ‘द्रुत कार्य टोली’ले कुखुरासँगै १० लाख ९०० अण्डा र दुई लाख पाँच हजार किलो कुखुराको दाना पनि नष्ट गरेको पशुसेवा विभागका वरिष्ठ पशुचिकित्सक डा. नवराज श्रेष्ठले जानकारी दिए ।
सरकारले बर्डफ्लुका कारण कुखुरा तथा अन्य उत्पादन गुमाउन बाध्य किसानलाई करिब रु ४२ करोड राहत दिने भएको छ ।
वरिष्ठ पशुचिकित्सक डा. श्रेष्ठका अनुसार रोग पुष्टि भई कुखुरा, अन्डा तथा दाना नष्ट गर्न बाध्य भएकाले ती किसानलाई उक्त राहत दिन लागिएको हो ।