पर्यटनमन्त्रीको नाम भँजाएर ‘नियुक्ति दिलाइदिन्छु’ भन्ने को हो ?

पर्यटनमन्त्री गनेस पौडेलको सचिवालयले मन्त्रीको नाम र सम्बन्धको दुरुपयोग गरी जागिर वा नियुक्ति दिलाइदिने भन्दै भ्रम फैलाउनेहरूबाट सतर्क रहन सर्वसाधारणलाई आग्रह गरेको छ ।

मन्त्रीसँगको पुरानो चिनजान देखाएर वा नाम बिकाएर कसैले प्रलोभन देखाएमा त्यस्तो भ्रममा नपर्न सचिवालयले विशेष अनुरोध गरेको छ ।

केही मानिसले मन्त्रीको नाम जोडेर गलत क्रियाकलाप गरिरहेको सूचना प्राप्त भएको र त्यसको ‘भेरिफाइ ग’र्ने काम भइरहेको सचिवालयले जनाएको छ ।

यदि कसैले त्यस्तो प्रलोभन देखाएमा वा जागिरको नाममा ठगी गर्न खोजेमा निर्धक्कसँग ९८५६०३१६४७ नम्बरमा वा नजिकको प्रहरी कार्यालयमा गएर उजुरी दिन पनि आग्रह गरिएको छ ।

मन्त्री पौडेलको सचिवालयले यस कार्यमा संलग्न जोसुकैलाई पनि कानुनी दायरामा ल्याइने बताएको छ ।

सचिवालयले जारी गरेको विज्ञप्तीमा भनिएको छ, ‘अरु त अरु हाम्रै वा मन्त्रीकै परिवारको कुनै सदस्यले त्यसो गरेको छ भने पनि भन्नु होला । जो सुकै भए पनि तिनीहरू अवश्य कारवाहीको भागिदार हुनेछन् ।’

मन्त्री र सचिवालयका सबै सदस्यहरूका लागि नैतिकता सबैभन्दा ठूलो सम्पत्ति रहेको उल्लेख गर्दै विज्ञप्तीमा अगाडि भनिएको छ, ‘हामी मर्न तयार छौं तर इमान बेच्न तयार छैनौं । हामी परिवारकै सदस्यलाई समेत त्याग गर्न तयार छौं तर मातृभूमिलाई धोका दिन तयार छैनौं ।’

यद्यपि, मन्त्री पौडेल हक्की स्वभाव र कत्र्तव्यनिष्ठकारुपमा चिनिन्छन् । यसर्थ, कसैले उनको नाम भँजाउलान् भन्ने कल्पना गर्न सकिँदैन ।

र, उनी चर्चाका भोका पनी होइनन् । सचिवालयको यो विज्ञप्ती तथ्यमै आधारित हुनपनि सक्छ वा मन्त्रीको ‘मिडिया ट्रायल’ यो भने समयसँगै खुल्दै जाला ।

Scroll to Top