अब पोखरा विमानस्थलै पाइनेछ गन्तव्यको जानकारी


पोखरा उद्योग वाणिज्य संघले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा गण्डकीका पर्यटकीय स्थानहरुको परिचय दिने गरी बोर्ड राखेको छ ।

स्मार्ट डिस्प्ले बोर्डको आइतबार गण्डकी प्रदेशका मुख्यमनी सुरेन्द्रराज पाण्डेको समुपस्थितिमा नेपाल उद्योग वाणिज्य महासंघका नवनिर्वाचित अध्यक्ष अञ्जन श्रेष्ठले स्वागत गरे ।

पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्कीका अनुसार नागरिक उड्यन प्राधिकरण पोखरा शाखासँगको समन्वयमा विमानस्थलको आगमन कक्षमा राखिएको सो बोर्डबाट गण्डकीका पर्यटकीय गन्तव्यको बारे परिचय दिइने छ ।

पोखरा भित्रने पर्यटकले यहाँका पर्यटकीय गन्तव्यबारे जानकारी पाऊन् भन्ने हेतुले सो बोर्ड राखिएको उनको भनाइ छ ।

अध्यक्ष कार्कीले बोर्ड राख्नका निम्ति समन्वय गरेकोमा नागरिक उड्डयन प्राधिकरण पोखराकी निमित्त प्रमुख जसोदा सुवेदीसहितको टिमलाई धन्यवाद दिए ।   

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका निम्ति पैरवी तथा रिले अनसन अनि विरोध कार्यक्रमको नेतृत्व गरेको  पोखरा उद्योग वाणिज्य संघले पर्यटकीय राजधानी पोखरा र गण्डकीको प्रवद्र्धनका गर्नकै निम्ति सो बोर्ड राख्ने पहल गरेको संघकी महासचिव शोभा गौतमले बताइन् । 

Scroll to Top