राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को जिल्ला अधिवेशन आजदेखि सुरु हुँदैछ । पार्टीको संगठनात्मक नीति अनुरुप केन्द्रीय समितिबाट निर्णय भए बमोजिम आज र भोलि जिल्ला अधिवेशनहरू हुने भएको हो ।
रास्वपाका महामन्त्री कबिन्द्र बुर्लाकोटीका अनुसार आज ३७ र भोलि २९ जिल्लाहरूको अधिवेशन सम्पन्न हुनेछन् ।
आज र भोलि जिल्ला अधिवेशन गरेर जेठ २६ देखि असार १ सम्म प्रदेश अधिवेशन गर्ने कार्यतालिका छ ।
प्रथम महाधिवेशनको मिति असार ७ देखि ९ गतेसम्म चितवनमा हुने समय निर्धारण गरिएको छ ।
जेष्ठ २३ गते अधिवेशन हुने जिल्लाहरु
कोशी प्रदेश : झापा, मोरङ, तेह्रथुम, ताप्लेजुङ, भोजपुर, संखुवासभा, ओखलढुङ्गा र सुनसरी ।
मधेश प्रदेश : महोत्तरी र रौतहट
बागमती प्रदेश : दोलखा, काठमाडौँ, भक्तपुर, नुवाकोट, धादिङ, मकवानपुर, काभ्रे, सिन्धुपाल्चोक र सिन्धुली ।
गण्डकी प्रदेश : स्याङ्जा, कास्की, पर्वत, बागलुङ र म्याग्दी ।
लुम्बिनी प्रदेश : गुल्मी, नवलपरासी, पाल्पा, कपिलवस्तु, दाङ, बाँके, बर्दिया र रोल्पा ।
कर्णाली प्रदेश : कालिकोट र सल्यान तथा सुदुरपश्चिम प्रदेशका बैतडी, बझाङ र दार्चुला जिल्ला रहेका छन् ।
जेष्ठ २४ गते अधिवेशन हुने जिल्लाहरु
कोशी प्रदेश : उदयपुर, सोलुखुम्बु, खोटाङ र ईलाम ।
मधेश प्रदेश : सिराहा, धनुषा, पर्सा र सर्लाही ।
बागमती प्रदेश : चितवन र ललितपुर ।
गण्डकी प्रदेश : तनहुँ, नवलपुर, गोरखा र लमजुङ ।
लुम्बिनी प्रदेश : अर्घाखाँची, रुपन्देही र प्युठान ।
कर्णाली प्रदेश : सुर्खेत, जाजरकोट, दैलेख, रुकुम, मुगु र जुम्ला ।
सुदुरपश्चिम प्रदेश : अछाम, डोटी, डडेलधुरा, कैलाली, कञ्चनपुर र बाजुरा
संगठनको विशेष परिस्थितिका कारण बारा जिल्ला अधिवेशन भने जेष्ठ २६ गते हुने बुर्लाकोटीले जानकारी दिए ।
यस तालिका अनुसार पार्टीको ऐतिहासिक प्रथम राष्ट्रिय महाधिवेशन अगावै ७७ मध्ये ६७ जिल्लामा अधिवेशन सम्पन्न गर्ने तयारी रहेको छ । योसँगै पार्टीको मुख्य संगठन रहेको अधिकांश जिल्लाको अधिवेशन सम्पन्न हुनेछ । बाँकी १० जिल्लाहरूको अधिवेशन राष्ट्रिय महाधिवेशन पश्चात क्रमशः गर्नेछ ।
जेठ २६ गते देखि सात प्रदेशको अधिवेशनको तयारी भइरहेको छ। जेठ २६ गते पहिलो प्रदेश अधिवेशनको रुपमा बाग्मती प्रदेशबाट सुरु हुँदैछ।







