नेपाल आइपुग्यो अमेरिकन कम्पनी ‘उबर’, औपचारिक सेवा शुरु

नेपालस्थित अमेरिकी दूतावासका कार्यवाहक उपप्रमुख चेलन ब्लिसले नेपालमा उबर सेवाको औपचारिक शुभारम्भ कार्यक्रममा सम्बोधन गर्दै कम्पनीको नेपाली बजारमा प्रवेशलाई नेपालको बढ्दो डिजिटल अर्थतन्त्रका लागि महत्वपूर्ण उपलब्धि भएको बताएका छन्।

कार्यवाहक उपप्रमुख ब्लिसले भने, ‘नेपालमा सेवा विस्तार गर्ने उबरको निर्णय नेपालले हासिल गरिरहेको प्रगतिप्रतिको विश्वास र नेपाली जनतामाथिको भरोसाको प्रतीक हो।’

नेपालले डिजिटल रूपान्तरणलाई तीव्रता दिइरहेको अवस्थामा उबरजस्ता अमेरिकी कम्पनीहरूले उपभोक्ताको छनोट विस्तार गर्न, नवप्रवर्तनलाई प्रोत्साहन गर्न तथा नयाँ आर्थिक अवसरहरू सिर्जना गर्न योगदान पुर्‍याइरहेका छन्।

संयुक्त राज्य अमेरिका नेपालको डिजिटल विकास तथा नेपालमा अमेरिकी व्यवसायिक संलग्नताको विस्तारलाई समर्थन गर्न प्रतिबद्ध रहेको दूतावासले जनाएको छ।

नेपालमा उबर सेवाको शुभारम्भसँगै कम्पनीको सम्पूर्ण टोलीलाई हार्दिक बधाई तथा सफलताको शुभकामना व्यक्त गरिएको छ।

Scroll to Top