राष्ट्रिय स्वतन्त्र पार्टीको बन्दीपुर गाउँपालिका अधिवेशनबाट सभापतिमा शम्भु श्रेष्ठ चयन भएका छन् ।
यस ऐतिहासिक प्रथम ऐतिहासिक अधिवेशनमा उपभापतिमा तुलबहादुर गुरुङ्, सचिवमा सुमित गुरुङ्, सहसचिवमा भीमबहादुर गुरुङ् र कोषाध्यक्षमा जमुना गुरुङ्ले जिम्मेवारी पाएका छन् ।
त्यस्तै, सदस्यहरुमा नविन भट्टराई, हरिमाया रेग्मी, प्रमिला विश्वकर्मा र कलिवति भट्टराई रहेका छन् ।
नवनिर्वाचित समितिले यथाशीघ्र बैठक बसी आगामी कार्ययोजना तय गर्ने अध्यक्ष श्रेष्ठले बताएका छन् ।
