‘पार्किङ निषेध’ विरुद्ध तनहुँका व्यापारी पसल बन्द गरी आन्दोलनमा

दमौली स्थित सफा सडक क्षेत्रमा आजदेखि लागू गरिएको पार्किङ निषेधको निर्णयविरुद्ध स्थानीय व्यवसायीहरू आन्दोलनमा उत्रिएका छन् ।

व्यास नगरपालिकाले सफा सडक क्षेत्रमा सवारी साधन रोक्न नपाइने नयाँ व्यवस्था लागू गरेपछि व्यवसायीहरूले पसल बन्द गरेर विरोध जनाएका हुन् ।

नगरपालिकाले बजार क्षेत्रको ट्राफिक व्यवस्थापनलाई व्यवस्थित बनाउने उद्देश्यले सफा सडकमा पार्किङ निषेधको निर्णय गरेको जनाएको छ । साथै केही क्षेत्रमा एकतर्फी सवारी सञ्चालनको व्यवस्था समेत लागू गरिएको छ ।

तर व्यवसायीहरूले पार्किङ निषेधको निर्णयले व्यापार व्यवसायमा प्रत्यक्ष असर पर्ने भन्दै निर्णय पुनर्विचार गर्न माग गरेका छन् ।

Scroll to Top