कमेडियन साजन, उत्सव र विशाल साइबर ब्यूरोमा, ‘अश्लील’ नबोल्ने कबुल

कमेडियन साजन श्रेष्ठ, उत्सव सापकोटा र विशाल भण्डारीलाई नेपाल प्रहरीको साइबर ब्यूरोले बोलाएर सम्झाएको छ ।

प्रहरीकै मानहानी हुने गरी पडकास्टमा बोलेपछि तीनै जनालाई ब्यूरोमा बोलाएर ‘अब आइन्दा त्यस्तो नबोल्न’ कबुल गराई पठाइएको हो ।

ब्यूरोका एसपी दिलीपकुमार गिरीका अनुसार साजनको च्यानलबाट बाहिरिएको पडकास्ट उनीहरूले प्रहरी संगठनलाई बदनाम गर्ने गरी अभिव्यक्ति दिएका थिए ।

तीन दिनअघि ब्यूरोमा बोलाएर उनीहरूलाई गल्ती स्वीकार गर्न लगाइएको हो । एसपी गिरीले भने, ‘अब यस्तो नदोहोर्या‍उने सर्तमा उहाँहरूले कागज गर्नुभएको छ ।’

यी तीनै जना अश्लील शब्द प्रयोग गर्ने कमिडियनका रुपमा चिनिन्छन् । तर, यसबारे उजुरी नपरेकाले कानुनी प्रक्रिया अगाडि बढेको छैन । प्रहरीलाई नै बदानाम गर्ने शब्द प्रयोग भएपछि भने ब्यूरो आकर्षित भएको हो ।

साजन यसअघि नै एक गायकलाई गिज्जाएको आरोपमा कानुनी झमेलामा परिसेकका कलाकार हुन् ।

Exit mobile version