best-auto-craft-2-scaled.jpeg

एक्सनमा सिटौला, भन्छन् सुधार गर्नै पर्छ

पोखरा । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको सातौं राष्ट्रिय महाधिवेशनबाट अध्यक्षमा निर्वाचित पुण्यप्रसाद सिटौला (सरोज) महाधिवशन सम्पन्न भएसँगै यातायात क्षेत्रको सुधारमा पहिलो कदम चालेका छन् । देशभरबाट आएका प्रनिनिधिबीच पोखरामा सम्पन्न महाधिवेशनले आफूलाई समस्या समाधानमा थप क्रियाशील भएर लाग्ने प्रेरणा मिलेको बताएका उनले पोखराबाटै एक्सन सुरु गरेका हुन् । यातायात क्षेत्रमा पहिलो कदम चाल्दै पोखरा ९ पृथ्वीचोक स्थित बेष्ट अटो क्राफ्ट भिजिट गरेका छन् । सिटौलाले भने, ‘राष्ट्रले यातायात क्षेत्रमा योगदान दिनै पर्छ ।’

उनले मापदण्ड विपरित चल्ने ग्यारेजहरुलाई निरुत्साहित गर्दै ओर्जिनल सामानहरुबाट मर्मत हुने अटो ग्यारेजलाई रोज्न व्यवसायीहरुलाई समेत आग्रह गरे । उनले थपे, ‘यातायात क्षेत्रलाई प्रविधिमैत्री बनाउने, अनलाइन टिकेटिङ, जीपीएस सिस्टम जडान तथा पारदर्शीलाई ध्यान दिँदै क्यासलेस प्रणाली बनाउने योजना रहेको बताए । दुर्घटना न्युनीकरण गर्न देशभर सञ्चालनमा रहेको वर्कसप व्यवस्थित हुन जरुरी रहेको बताएका अध्यक्ष सिटौलाले नक्कली पाटपूर्जा बाट सवारी साधनलाई क्षेति पुग्ने र यात्रुलाई जोखिम हुने भएकाले मापदण्ड पु¥याएका वर्कसपबाट सरकारले फाईदा लिनुपर्ने बताए ।

यसैबीच अध्यक्ष सिटौलासँग अटो क्षेत्रमा काम गर्दै आएका पोखरा ९ यातायात कार्यालयसँगै रहेको बेष्ट अटो क्राफ्टका सञ्चालक रणबहादुर खत्रीले अटो क्षेत्रमा हुने मर्मतका सवै समस्या आफूहरुले भरपर्दो, विश्वासिलो र ओर्जिनल सामग्रीको प्रयोगबाट गरिँदै आएको बताए ।
अध्यक्ष सरोज सिटौलालाई वर्कसपका हेडमिस्त्री रेशम भाई भन्छन्, ‘हामीले गाडी धनीको इच्छा अनुसार सेवा गरेका छौं, भने, ‘आजसम्म यस बेष्ट अटोबाट सेवा लिएका गाडी धनी तथा गाडी चालहरुले गुनासो गर्नुभएको छैन ।’

best-auto-craft-1-scaled.jpeg
best-auto-craft-1-scaled.jpeg


उनले भनेजस्तै मर्मत गर्दा गम्भिर भएर मसिनोसँग सामग्रीको फिट गर्ने तथा मर्मत भएपछि गाडीको ब्यालेन्स गराउने मुख्य काम हुने बताए । बेष्ट अटो क्राफ्टले रंग भर्नेदेखि सवै काम गर्दै आएको मिस्त्री संजिव तामाङ बताउँछन् । बेष्ट अटो क्राफ्ट अवलोकन र निरिक्षण गर्न पुगेका नवनिर्बाचित अध्यक्ष सरोज सिटौला सहित उनीसँग सहभागी सवैलाई सफल कार्यकालको शुभकामना दिँदै मायाको चिनो प्रदान गरिएको थियो । बेष्ट अटोका अध्यक्ष रणबहादुर खत्री, समाजसेवी विशाल लामा तथा अटोका परिवारले नयाँ नेतृत्वलाई शुभकामना दिएका थिए ।

Scroll to Top