आफ्नो रोजाइको अस्पेटार पुगिन् फुटबलर ‘साम्बा’

न्यूजील्याण्डको अकल्याण्डमा उपचाररत सावित्रा भण्डारी ‘साम्बा’ अन्ततः आफ्नो रोजाइको हस्पिटल अस्पेटार पुगेकी छिन् ।

न्यूजील्याण्डकै क्लबबाट खेलीरहेकी साम्बा उपचारार्थ कतारको अस्पेटार जान आर्थिक समस्याले असफल भएपछि उनलाई नेपालीहरुले सहयोगसमेत गरेका थिए ।

तर, मध्यपूर्वको युद्धले त्यसबेला कतार जान नपाएकी साम्बाले अहिले भने त्यहाँ उपचार सुरु गरेको जनाएकी छिन् ।

सामाजिक सञ्जालमा साम्बाले भनेकी छिन्ः
लामो समयको प्रयासपछि अन्तत कतारको अस्पेटार अस्पतालमा आइपुगेको छु । अबको केही महिना यहाँ रहेर मेरो शल्यक्रियापछिको रिह्याबको कार्यलाई निरन्तरता दिनेछु ।

सम्पूर्ण समर्थक, मेरो क्लब र यो कठिन समयमा साथ दिनुहुने सम्पूर्ण व्यक्तिहरुको साथ र सहयोगका लागि सधैं आभारी छु । मेरो शल्यक्रियापछिको रिकभरी सोचेजस्तै चलिरहेको छ ।

एकातर्फ आफू मैदान फर्कने प्रयासमा छु, अर्कोतर्फ नेपालमा फुटबलको अवस्था देखेर निराश छु ।

आशा गरौं नेपालको फुटबलको अवस्था चाडैं ठिक हुनेछ । म मैदान फर्कने मेरो आफ्नो लक्ष्यमा अडिग रहेर लागिरहनेछु ।

Scroll to Top