बुद्ध विशाल बजार व्यापारिक एशोसियसन र गण्डकी मेडिकल कलेज टिचिङ हस्पिटल एण्ड रिसर्च सेन्टर (जीएमसी)बीच विविध सेवामा छूट उपलब्ध गराउने सम्झौता भएको छ।
सम्झौता अनुरुप अब व्यवसायीले जीएमसीले सञ्चालन गरिरहेको हस्पिटल सेवामा १० देखि २० प्रतिशत छूट पाउने एशोसियसनका अध्यक्ष बुद्धिबहादुर कुँवरले बताएका छन् ।
एशोसियसनकातर्फबाट अध्यक्ष बुद्वि बहादुर कुँवर र जीएमसीकातर्फबाट प्रिन्सिपल प्राडा रविन्द्रप्रसाद श्रेष्ठले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन्।
छूट सुविधाका लागि सेवाग्राहीले अस्पतालमा उपलब्ध स्वास्थ्य सेवाहरू उपभोग गर्न एशोसियसनमा दर्ता भई आईडी कार्ड देखाउनुपर्ने छ ।
सम्झौता कार्यक्रममा एशोसियसनका उपाध्यक्ष मनोहरि पौडेल, महासचिव थमन सिंह गुरूङ, सचिव शान्ति श्रेष्ठ जोशीलगायत सहभागी थिए ।







