पोखरामा तेक्वान्दोका प्रशिक्षक र खेलाडीलाई विशेष तालिम प्रदान

नेपाल तेक्वान्दो संघको आयोजनामा गण्डकी प्रदेशका कोच तथा खेलाडीहरुका विशेष तालिम सम्पन्न भएको छ ।

नेपाल तेक्वान्दो संघको वार्षिक कार्यक्रम अनुसार गण्डकी प्रदेशको पोखरामा गण्डकी प्रदेशका कोच तथा खेलाडीको ग्योरोगी र पुम्से समिनार तथा रिफ्रेसर तालिम सम्पन्न भएको हो ।

वैशाख १५ देखि १९ गते सम्म पोखरा रंगशाला स्थित कभर्ड हलमा उक्त तालिम सम्पन्न भएको उक्त तालिममा पुम्सेतर्फ चौथो रेफ्री सेमिनार तथा तेस्रो रेफी रिफ्रेसर, ग्योरोगी तर्फ १२ औं रेफ्री सेमिनार र ११ औं रिफ्रेसर कोर्ष सम्पन्न भएको हो ।

तालिमको समापन गर्दैै गण्डकी प्रदेशका सामाजिक बिकास तथा खेलकुद मन्त्री रेखा गुरुङले खेलकुद क्षेत्रमा मन्त्रालयले साथ र सहयोग गर्ने बताइन् ।

कार्यक्रमले समग्र गण्डकी प्रदेश तथा नेपालको खेलको बिकासका लागि सहयोग पुग्ने नेपाल तेक्वान्दो संघका निवर्तमान उपाध्यक्ष सल्लाहकार हरिश्वर पोख्रेलले बताए ।

तालिममा अन्तराष्ट्रिय निर्णायक कुमार लामा घिसिङ, अन्तराष्ट्रिय निर्णायक रेखमाया गुरुङ र राष्ट्रिय निर्णायक बलराम लामाले प्रशिक्षण गराएका थिए । तालिममा गण्डकी प्रदेशका ५९ जना कोच तथा खेलाडीहरुको सहभागीता रहेको थियो ।

Scroll to Top