karmachari-sahakri-news-ph-2.jpg

कर्मचारी सहकारीको १८ औं स्थापना दिवस

पोखरा ।
कर्मचारी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले १८ औं वार्षिकोत्सव मनाएको छ । सहकारीका अध्यक्ष पदमबहादुर घिमिरेको नेतृत्वको टोलीले केदारेश्वर मन्दिर क्षेत्रका बटुक तथा मन्दिर परिसरलाई सहयोग हुनेगरी ११ हजार १ सय ११ रुपैयाँ सहयोग गरेको सहकारीका व्यवस्थापक निरोज मल्लले जानकारी दिए ।
सहकारीले स्थापना दिवसको अवसर पारेर सामाजिक उत्तर दायित्व अन्तर्गत रचनात्मक क्रियाकलाप गरिएको सहकारीका सल्लाहकार केदार सापकोटाले बताए । सचिव डिल्लीराम रेग्मीले सहजीकरण गरेको सहयोग हस्तान्तरण कार्यक्रममा निवर्तमान अध्यक्ष महेश कुमार सिग्देलले हरेक वर्ष यस्तै पवित्र उद्देश्य राख्ने संस्थामा सहकारीले निरन्तर सहयोग गर्दै आएको स्मरण गरेका थिए ।
केदारेश्वर धार्मिक क्षेत्र विकास समितिका चितगन चैतन्य डा. लेखनाथ आचार्यले सहयोग रकम भन्दापनि सहयोगी भावना उत्तम रहेको बताउँदै पवित्र उद्देश्यले गरिएको काम पुर्ण हुने उल्लेख गरेका थिए ।
निजामति कर्मचारी युनियन कास्कीमा आवद्ध सदस्यबीच पर्ने आर्थिक समस्या समाधान गर्न २०६४ सालमा स्थापना भएको सहकारीमा हाल ७ सय ४० सदस्यहरु आवद्ध रहेका छन् । ६ करोड ३७ लाख ऋण प्रवाह गरेको कर्मचारी बचत तथा ऋण सहकारीमा १० करोड ५० लाख कुल पुँजी रहेको सहकारीका व्यवस्थापक मल्लले जानकारी दिएका छन् ।

Scroll to Top