नेपाल मेडिकल काउन्सिलले डा. सुधीर प्रसाद साहसँग स्पष्टीकरण सोधेको छ ।
काउन्सिलले शुक्रबार जारी पत्रमार्फत सामाजिक सञ्जाल टिकटकमा अपलोड गरिएका भिडियो सामग्रीका कारण आचारसंहिता उल्लंघन भएको भन्दै लिखित जवाफ माग गरेको हो ।
काउन्सिलका अनुसार अप्रिल २०२५ देखि अप्रिल २०२६ सम्म अपलोड गरिएका सामग्रीहरूको अनुगमन तथा अध्ययन गर्दा मुटुरोग विशेषज्ञ साहले काउन्सिलको आचारसंहिता उल्लंघन गरेको पाइएको छ।
पत्रमा उल्लेख भएअनुसार सम्बन्धित आचारसंहिताका बुँदाअनुसार डा. साहले पेशागत मर्यादा र आचरण विपरीत गतिविधि गरेको ठहर गरिएको छ ।
सोही आधारमा पत्र प्राप्त भएको मितिले ७ दिनभित्र लिखित स्पष्टीकरण पेश गर्न निर्देशन दिइएको छ।
निर्धारित समयभित्र स्पष्टीकरण पेश नगरे प्रचलित कानुनअनुसार कारबाही प्रक्रिया अगाडि बढाइने काउन्सिलले जनाएको छ।







