‘घरमा हाम्रो बास छैन, किनभने ग्याँस छैन’

संयुक्त विद्यार्थी सङ्गठनले पेट्रोलियम पदार्थ लगायतका उपभोग्य वस्तुहरू गरिएको मूल्यवृद्धि विरुद्ध प्रदर्शन गरेका छन् ।

बिहीबार ती सङ्गठनले माइतीघर मण्डलामा प्रदर्शन गरेका हुन् ।

प्रदर्शनमा उनीहरुले मूल्यवृद्धि नियन्त्रण, राहत प्याकेज घोषणा र पेट्रोलियम पदार्थमा लगाइएको कर खारेज गरी मूल्य समायोजन गर्न सरकारसँग माग गरेका छन् ।


विद्यार्थीहरुले बोकेको प्लाकार्डमा ‘घरमा हाम्रो बास छैन, किनभने ग्याँस छैन’, ‘बाँच्न दे सरकार’, ‘युद्धको मार, करको भार’, ‘बालेन सरकार, मूल्यवृद्धि उपहार’, ‘मन्त्रीहरुलाई सुनैसुन, जनतालाई छैन नून’लगायतका नारा लेखिएका थिए ।

Scroll to Top