२१औं संस्करणको फेवा नववर्ष महोत्सव २०८३ को उद्घाटन पर्यटनमन्त्रीबाट गराउने योजनामा तुसापात भएको छ ।
पर्यटनमन्त्री गनेस पौडेल शनिबार पोखरा आएकोबेला आयोजक पोखरा होटल संघले उनैबाट महोत्सवको उद्घाटन गर्ने योजना बनाएपनि मन्त्रीले यसअघि नै रिबन काट्ने कार्यक्रममा नजाने अभिव्यक्ति दिएपछि आयोजक हिस्स परेका छन् ।
महोत्सब आयोजक संस्था पोखरा होटल संघका अध्यक्ष लक्ष्मण सुबेदीले पर्यटन मन्त्री पौडेललाई गरिएको आग्रह अर्थहीन भएको बताएका छन् ।
‘हामीले आग्रह गरेका थियौं, तर मन्त्रीज्यूले उद्घाटन र रिबन काट्ने कार्यक्रममा नजाने पुरानै अडान राख्नु भयो’ सुवेदीले भने ‘महोत्सवको सिडिओबाट उद्घाटन हुनेछ ।’







