व्यवसायीको दबाबपछि सार्वजनिक यातायातमा १७ र ढुवानीमा २१ प्रतिशत भाडा बढाइँदै

यातायात व्यवसायी राष्ट्रिय महासंघको निरन्तर दबाबपछि सरकारले सार्वजनिक यातायात तथा ढुवानी साधनको भाडा वृद्धि गर्ने निर्णय गरेको छ ।

इन्धनमा भारी मूल्य वृद्धिसँगै भाडादर समायोजनका लागि यातायात व्यवसायी राष्ट्रिय महासंघले केही दिनअघि यातायात व्यवस्था विभागमार्फत् भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा फाइल पठाएको थियो ।

महासंघको त्यही प्रस्तावअनुरुप मन्त्रालयबाट सैद्धान्तिक सहमति आएपछि नयाँ भाडादर कायम हुने भएको हो ।


जसअनुसार सार्वजनिक यातायातको भाडामा १६.७१ प्रतिशत, मालवाहक सवारीको भाडा पहाडमा २१.६८ प्रतिशत र तराईमा १५.७५ प्रतिशतले बढाइने छ ।

भाडा बढाइएको औपचारिक जानकारी आजै विभागले सार्वजनिक गर्ने सम्भावना रहेको छ ।

Scroll to Top