male-female-hands-handcuffs

धरौटीमा छुटाइदिन्छु भन्दै ९ लाख ठगीः ‘न्यायाधीशसँग सेटिङ’ दाबी गर्ने दम्पती पक्राउ

काठमाडौं । भाद्र २३ र २४ गते भएको प्रदर्शनसँग सम्बन्धित मुद्दामा थुनामा रहेका व्यक्तिहरूलाई धरौटीमा छुटाइदिने प्रलोभन देखाएर ठगी गरेको आरोपमा एक दम्पती पक्राउ परेका छन् ।

प्रहरीका अनुसार कारागार कार्यालय काठमाडौं, सुन्धारामा पुर्पक्षका लागि थुनामा रहेका तीन जना प्रतिवादीलाई छुटाइदिने भन्दै ४५ वर्षीय हरि बहादुर थापा मगरले आफूलाई सर्वोच्च अदालतका न्यायाधीशसँग चिनजान रहेको दाबी गरेका थिए । उनले “सेटिङ मिलाएर धरौटीमा छुटाइदिन्छु” भन्दै पीडित पक्षसँग रकम मागेका थिए ।

उनकै योजनाअनुसार धरौटी रकम तथा वकिलको बहस खर्च शीर्षकमा रकम आवश्यक पर्ने भन्दै पीडितहरूबाट ९ लाख संकलन गरेका थियो । उक्त रकम उनकी श्रीमती ३७ वर्षीया मिठु मगर (अनिता थापा मगर) को बैंक खातामा जम्मा गराइएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

घटनाबारे उजुरी परेपछि प्रहरीले दुवै जनालाई पक्राउ गरी ठगी सम्बन्धी कसुरमा मुद्दा दर्ता गर्दै थप अनुसन्धान अघि बढाएको जनाएको छ । प्रहरीले यस्ता प्रलोभनमा नपर्न सर्वसाधारणलाई सचेत रहनसमेत आग्रह गरेको छ ।सांकेतिक तस्विर

Scroll to Top