भौतिक पूर्वाधार, यातायात तथा सहरी विकासमन्त्री सुनिल लम्सालले कार्यभार ग्रहण गरेपछि आज १० प्रमुख योजना सार्वजनिक गरेका छन् ।
मन्त्री लम्सालका प्रमुख योजनामा ठेकेदार र इन्जिनियरबीच हुने साँठगाँठ तथा आर्थिक चलखेल पूर्णरूपमा रोक्नेदेखि पूर्व–पश्चिम रेल परियोजनालाई प्राथमिकतामा राखी कार्यान्वयन गर्नेसम्म रहेका छन् ।
यस्ता छन् प्रमुख योजनाः
१. म्याद थप हुने गरी कुनै पनि योजना अगाडि नबढाउने।रम्याद थप हुन नदिने गरी काम गर्ने ।
२. समयमा सम्पन्न नभएका सबै ठेक्कालाई रूग्ण योजना मानेर अध्ययन गर्ने।
३. ठेक्का ढिलाइका कारणहरू पहिचान गरी अवरोध तत्काल हटाउने।
४. ठेकेदार र इन्जिनियरबीच हुने साँठगाँठ तथा आर्थिक चलखेल पूर्णरूपमा रोक्ने।
५. भ्रष्टाचारजन्य गतिविधि दोहोरिन नदिने गरी कडा निगरानी गर्ने।
६. भौतिक पूर्वाधारका सबै योजनामा नियमित अनुगमन र प्रगति मूल्यांकन गर्ने।
७. लाइसेन्स छपाइ प्रणालीलाई व्यवस्थित गर्दै बक्यौता समस्या समाधान गर्ने।
८. अस्थायी व्यवस्थामा चिप बिनाको कार्ड तुरुन्त उपलब्ध गराउने व्यवस्था गर्ने।
९. पानीजहाज कार्यालय र रेल विभागको कार्यप्रणाली तथा उपादेयताबारे समीक्षा गर्ने।
१०. पूर्व–पश्चिम रेल परियोजनालाई प्राथमिकतामा राखी कार्यान्वयन गर्ने।







