२४ सय थान लागुऔषधसहित समातिए आयुष

जिल्ला प्रहरी कार्यालय कास्कीले पोखराको सैनिक बस्तीबाट आयुष तामाङलाई पक्राउ गरेको छ ।

आयुषले उक्त क्षेत्रमा लागुऔषध कारोबार गरिरहेको सूचना पाएपछि शिसुवा प्रहरीको सक्रियतामा उनलाई पक्राउ गरिएको हो ।

आयुषको साथबाट डाइजापाम, फेनेरागनलगायतका २४ सय ३२ थान लागुऔषध बरामद गरिएको छ ।

त्यस्तै, ९३ हजार रुपैयाँ र २ थान मोबाइलसमेत बरामद गरी कास्की जिल्ला अदातलबाट ५ दिन म्याद थप गरी अनुसन्धान अघि बढाइएको जिप्रका कास्कीले जनाएको छ ।

Scroll to Top