ह्वात्तै बढ्यो पेट्रोलियम पदार्थको मूल्य

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य ह्वात्र्तै वृद्धि गरेको छ । अन्तर्राष्ट्रिय बजारमा भएको मूल्य वृद्धि तथा आपूर्ति व्यवस्थापनको दबाबलाई कारण देखाउँदै नेपाल आयल निगमले पेट्रोल, डिजेल तथा मट्टीतेलको खुद्रा बिक्री मूल्य वृद्धि भएको जनाएको छ ।

निगमका अनुसार इन्डियन आयल कर्पोरेशनबाट पेट्रोलमा प्रतिलिटर ३१ रूपैयाँ, डिजेलमा ५४ रुपैयाँ एलपी ग्यासमा प्रतिसिलिण्डर २१६ पैसाले बढेर आएको छ ।

त्यसका कारण नेपाल आयल निगमले बाध्यतावस पेट्रोलियम पदार्थको मूल्य अपेक्षाभन्दा बढी दरमा बढाउनुपरेको जनाएको छ । नयाँ मूल्यअनुसार पेट्रोल प्रतिलिटर १५ रुपैयाँ, डिजेलरमट्टितेल प्रतिलिटर १० रुपैयाँले बढाइएको छ ।

एलपी ग्यासको खरिद मूल्य बढे पनि उपभोक्ताको हितलाई ध्यानमा राख्दै ग्यासको खुद्रा बिक्री मूल्य यथावत राखिएको निगमले जनाएको छ ।नयाँ मूल्य गएरातिदेखि लागू भएको छ ।

Scroll to Top