घान्द्रुक पर्यटन महोत्सव सकियो,बास्केटबलको उपाधि पर्वतलाई ,घोडा दौडमा विवेक प्रथम

पोखरा । कास्कीको घान्द्रुकमा आयोजित घान्द्रुक पर्यटन महोत्सव शनिबार सकिएको छ ।
घान्द्रुक पर्यटन व्यवस्थापन समिति र रोधीं क्लब कोँड (घान्द्रुक)को संयुक्त आयोजनामा बुधबारदेखि सुरु भएको महोत्सवको शनिबार सकिएको हो ।
महोत्सवको अवसरमा आयोजित राष्ट्रव्यापी अन्तरपालिका खुल्ला पुरुष बास्केटबल प्रतियोगिताको उपाधि जलजला गाउँपालिका पर्वतले जितेको छ ।
शनिबार सम्पन्न फाइनल खेलमा जलजला गाउँपालिका पर्वतले अन्नपूर्ण गाउँपालिका म्याग्दीलाई ६५–६१ स्कोरले पराजित गरेको हो ।
विजेता जलजला पर्वतले १ लाख ६६ हजार ६ सय ६६, उपविजेता अन्नपूर्ण म्याग्दीले १ लाख ११ हजार १ सय ११ र तृतीय भएको मादी गाउँपालिकाले ५५ हजार ५ सय ५५ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

यस्तै महोत्सवको अवसरमा आयोजित प्रथम राष्ट्रव्यापी घोडा दौड प्रतियोगितामा निर्धारित दुरी ११ मिनेट २३ सेकेण्डमा पुरा गर्दै विवेक पुन प्रथम भए । अमित गुरुङले ११ मिनेट ४७ सेकेण्डमा दुरी पुरा गर्दै द्धितीय, अमृत तामाङले ११ मिनेट ५७ सेकेण्डमा दुरी पार गर्दै तृतीय,विनोद पुन थापाले १२ मिनेट १ सेकेण्डमा दुरी पार गर्दै चौथो, हितमान गुरुङले १२ मिनेट २५ सेकेण्डमा दुरी पार गर्दै पाँचौं, कृष्णले १२ मिनेट ३१ सेकेण्डमा दुरी पार गर्दै छैठौं र टाईगर थकालीले १२ मिनेट २५ सेकेण्डमा दुरी पार गर्दै सातौं भए ।

घोडा दौड प्रतियोगितामा प्रथमले १ लाख १ हजार १ सय ११, द्धितिय हुनेले ४० हजार ४ सय ४४, तृतीय हुनेले २० हजार २ सय २२,चौथो हुनेले ११ हजार पाँचौ हुनेले ९ हजार, छैठौं हुनेले ७ हजार र सातौं हुनेले ५ हजार रुपैयाँसहित प्रमाणपत्र प्राप्त गरे ।

घोडा दौड प्रतियोगितामा पोखरा, घान्द्रुक, उरी, घोरेपानी लगायतका ४५ जनाले घोडासहित सहभागिता जनाएका थिए ।
यस्तै २० जनाको सहभागिता रहेको घान्द्रुक चक्रिय पदमार्ग दौड प्रतियोगितामा पुस्कल पौडेलले ३२ मिनेट ५५ सेकेण्डमा दुरी पार गर्दै प्रथम हुँदै १६ हजार ६ सय ६६ रुपैयाँ प्राप्त गरे ।

कृष्ण परियारले ३४ मिनेट १४ सेकेण्डमा दुरी पार गर्दै उपविजेता हुँदै ७ हजार ४ सय ४४ र सन्तोष परियारले ३५ मिनेट ३४ सेकेण्डमा दुरी पार गर्दै तृतीय हुँदै ३ हजार ४ सय ४४ रुपैयाँसहित मेडल र प्रमाणपत्र प्राप्त गरे ।

यस्तै महिला रस्सकस्सी प्रतियोगितामा मुसुबा आमा समूह तल्लो गाउँ प्रथम हुँदै ११ हजार १ सय ११ र उपविजेता भएको उरी आमा समूह घान्द्रुकले ५ हजार ५ सय ५५ रुपैयाँ प्राप्त ग¥यो ।

यस्तै पुरुष रस्साकस्सीतर्फ माझगाउँ विजेता हुँदै ११ हजार १ सय ११ र उपविजेता भएको हुदले ५ हजार ५ सय ५५ रुपैयाँ प्राप्त ग¥यो ।
यस्तै छेलो प्रतियोगितामा स्याङ्जाका दुजिक थापा मगर विजेता बन्दै १६ हजार ६ सय ६६ र पर्वतका युवराज गुरुङ उपविजेता बन्दै ६ हजार ६ सय ६६ रुपैयाँ प्राप्त गरे ।

पोखराबाट साढे २ घण्टाको सवारी यात्रामा पोखरा बागलुङ सडक खण्डको नयाँपुल, विरेठाटीहुँदे घान्द्रुक पुग्न सकिन्छ । घान्द्रुकबाट भैसीखर्क–टाडापानी,वनठाटी, देउराली हुँदै म्याग्दीको घोडेपानी र घान्द्रुक हुँदै टाडापानी–इसरु, दोबाटो, मुल्डेहुँदै म्याग्दीको खोर्पा लेक र हिडन लेक जान सकिन्छ भने, घान्द्रुक,छोम्रोङ हुदै अन्नपूर्ण बेसक्यापसमेत जान सकिन्छ ।

Exit mobile version