पोखरा । नदीपुरस्थित पोखरा कलेज अफ म्यानेज्मेन्टको दीक्षान्त समारोह–२०८२ शनिबार सम्पन्न भएको छ । बिबिएका ५८ र बिसिआईएसका ७ गरी ६५ विद्यार्थी दीक्षित भए भने ९ जना डिन्स लिस्टमा परे ।
प्रमुख अतिथि पोखरा विश्वविद्यालय व्यवस्थापन संकायका डिन प्रा. डा. ज्ञानेश्वर शर्मालगायतले प्रमाणपत्र वितरण गर्दै प्राप्त ज्ञानलाई व्यवहारमा उतार्न आग्रह गरे । कलेज अध्यक्ष विनोद कायस्थ र प्राचार्य लिना नेगी श्रेष्ठले कलेजले गुणस्तरीय तथा व्यवहारिक शिक्षामा जोड दिँदै आएको बताए । कार्यक्रममा विद्यार्थी अन्जली पौडेलले कलेज परिवारप्रति आभार व्यक्त गरिन् ।
