महिला च्याम्पियन्स लिग: म्यानचेस्टर युनाइटेड क्वार्टरफाइनलमा 

स्पेनको एट्लेटिको मड्रिडविरुद्ध समग्रमा ५–० को जित निकाल्दै इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडले पहिलो पटक युएएफए महिला च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा स्थान बनाएको छ । 

बिहीबार सम्पन्न अन्तिम– १६ को दोस्रो लेगमा युनाइटेड २–० ले विजयी भएको हो ।

लेह स्पोर्ट्स भिलेजमा घरेलु टोली युनाइटेडलाई जित दिलाउन जुलिया जिगियोटी ओल्मे र जेस पार्कले १–१ गोल गरे । 

खेलको २८ औं मिनेटमा ओल्मेको गोलमार्फत युनाइटेडले अग्रता लिएको थियो । ४१ औँ मिनेटमा पार्कले टोलीको अग्रता दोब्बर बनाए । 

रक्षक जेनिया पेरेजले ८५ औँ मिनेटमा दोहोरो पहेंलो कार्ड व्यहोर्दै मैदान छाडेपछि एट्लेटिको १० खेलाडीमा समेटिएको थियो । 

Exit mobile version