वीरगञ्जबाट काठमाडौँ आइरहेको यात्रीवाहक बसमा शङ्का लागेर जाँच गर्दा पर्साको फेटा गाउँपालिका–६ का आसु साब पक्राउ परेका हुन् ।
उनको झोला खानतलासी गर्दा गैरकानुनी रूपमा ल्याइएको करिब तीन किलो चाँदीका दाना फेला परेको नागढुङ्गास्थित प्रहरी प्रभागले जनाएको छ ।
काठमाडौँ जिल्ला प्रहरी परिसरका प्रवक्ता पवनकुमार भट्टराईका अनुसार बरामद चाँदीसहित अभियुक्तलाई थप अनुसन्धानका लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालयमा पेस गरिएको छ ।
