पुन समाजले रास्वपालाई सघाउने

santan ads

पोखरा । पुन समाज नेपालले  आगामि फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनलाई लक्षित गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई सघाउने भएको छ । 

बिहिबार पोखरामा पुन समाज नेपाल केन्द्रीय समिति पोखरा र रास्वपा कास्की निर्वाचन क्षेत्र नम्बर २ बिच समझदारी भएको हो । 

आगामि फागुन २१ गते हुन गइरहेको प्रतिनिधि सभा सदश्य  निर्वाचनमा पुन समाज नेपालले नेपाल भरि रहेका पुन समुदायलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई समर्थन र एकबद्धता हुन आग्रह समेत गरेको छ । 

कार्यक्रममा समाजका वरिष्ठ उपाध्यक्ष पुर्ण बहादुर गर्बुजा पुन,महसचिव चन्द्र प्रकाश पाईजा पुन र रास्वपा कास्की  क्षेत्र नम्बर २ का उमेदवार उत्तम  पौडेल बिच समझदारी पत्र आदान प्रदान गरिएको थियो ।

“पुन समाजजस्तो संगठित र सचेत समुदायले रास्वपालाई सघाउने निर्णय गर्नु परिवर्तनप्रति जनताको भरोसाको प्रमाण हो,” उम्मेदवार पौडेलले भने, “यो समर्थनले कास्की–२ मा स्वच्छ राजनीति र जवाफदेही नेतृत्व स्थापना गर्ने हाम्रो अभियानलाई थप ऊर्जा दिएको छ ।”

उनले समुदाय, समाज र नागरिकसँग हातेमालो गर्दै जनताका समस्या संसदमा उठाउने र समाधानतर्फ पहल गर्ने प्रतिबद्धता व्यक्त गरे । साथै, पौडेलले सबै समुदायको विश्वास जित्दै साझा विकास र सुशासनका लागि अघि बढ्ने प्रतिवद्धता दोहो¥याए । 

यसै बिच उम्मेदवार पौडेलले निरन्तर कास्की क्षेत्र नम्बर २ का जनता सगँ छलफल,अन्तरक्रिया र सुझाव संकलन गरिरहेका छन् ।

Scroll to Top