प्रतिभा सुपर लिग: आयोजक सेमीफाइनलमा

santan ads

पोखरा । आयोजक प्रतिभा मावि प्रतिभा सुपर लिग क्रिकेटको सेमीफाइनलमा प्रवेश गरेको छ । 

पोखरा–३ नदीपुरस्थित प्रतिभा माविद्वारा आयोजित प्रतियोगितामा आयोजक प्रतिभा मावि सेमीफाइनलमा प्रवेश गर्ने तेस्रो विद्यालय बनेको हो । 

यसअघि बाल मन्दिर मावि र छोरेपाटन मावि सेमीफाइनलमा प्रवेश गरिसकेका छन् ।

गुरुकुल मावि र मदरल्याण्ड सेकेण्डरी छिनोफानो शुक्रबार हुने यी दुई विद्यालय बीचको प्रतिष्पर्धाबाट हुनेछ । दुबै विद्यालयले १/१ खेल जितेकाले शुक्रबारको खेल जित्ने विद्यालय सेमीफाइनलमा प्रवेश गर्नेछ भने पराजित विद्यालय प्रतियोगिताबाट बाहिरिने छ ।

प्रतियोगिता अन्तर्गत विहीबार भएको खेलमा प्रतिभा माविले नेपाल भारत मैत्री विद्यालयलाई ८४ रनले पराजित गर्यो । 

पहिलो खेलमा वाराही माविलाई ३ विकेटले पराजित गरेको प्रतिभा मावि लगातार दुई खेल जित्दै प्रतियोगिताको सेमीफाइनलमा पुगेको हो ।

शुक्रबारको खेलमा टस जितेर पहिले व्याटिङ रोजेको प्रतिभा माविले निर्धारित २० ओभर पूरै खेल्दै ५ विकेटको क्षेतीमा १४० रनको योगफल तयार गर्यो ।

 १४१ रनको चुनौतिपूर्ण लक्ष्य पछ्याउँदै जवाफी व्याटिङमा उत्रिएको नेपाल भारत मैत्री विद्यालय ११ ओभरमा सबै विकेट गुमाएर ५६ रनमा सिमित रह्यो । प्रतिभा माविका बलरहरुसामु नेपाल भारत मैत्री विद्यालयका प्रायः सबै व्याटर निरीह देखिए ।

सो खेलमा बिजयी प्रतिभा माविका ५ विकेटधारी निश्चल दाहाल प्लेयर अफ दी म्याच घोषित भए ।

शुक्रबार भएको अर्को खेलमा गुरुकुल सेकेण्डरीले जनप्रिय माविलाई ११० रनको फराकिलो अन्तरले पराजित गर्दै सेमीफाइनल प्रवेश गर्ने आशा जिवितै राखेको छ । टस जितेर जनप्रिय माविले बलिङ रोजेपछि पहिले व्याटिङ गरेको गुरुकुलले निर्धारित २० ओभर पूरै खेल्दै ८ विकेटको क्षेतीमा १४४ रन बनायो ।

१४५ रनको चुनौतिपूर्ण लक्ष्य पछ्याएको जनप्रिय मावि ८.३ ओभरमा सबै विकेट गुमाएर केवल ३४ रनमा समेटियो । जनप्रियको ईनिङमा सन्देश स्याङ्तानले १४ बलमा १० रन बनाउनुबाहेक अन्यको व्याट चलेन ।

सो खेलमा गुरुकुलका सुदीप सुनार प्लेयर अफ द म्याच घोषित भए ।

प्रतियोगिता अन्तर्गत शुक्रबारको पहिलो खेलमा मदरल्याण्ड र गुरुकुल तथा दोस्रो खेलमा कुमुदिनी होम्स र टप्स मावि प्रतिष्पर्धामा उत्रिनेछन् । शुक्रबारको खेलसँगै सेमीफाइनल समीकरण पूरा हुनेछ । 

Scroll to Top