क्रिकेटः नेपालले आज ३ बजे क्यानाडासंग वार्मअप म्याच खेल्ने

पोखरा । नेपाली राष्ट्रिय क्रिकेट टिमले आज आइसीसी टी–२० विश्वकप अन्तर्गत दोस्रो तथा अन्तिम अभ्यास खेल खेल्दैछ ।

नेपालले आज क्यानडाविरुद्ध भारतको चेन्नईस्थित एमए चिदम्बरम स्टेडियममा खेल्न लागेको हो। खेल दिउसो सवा ३ बजेदेखि शुरु हुनेछ ।

यो नेपालको दोस्रो अभ्यास खेल हो । पहिलो खेलमा नेपालले यूएईलाई ७ विकेटले पराजित गरेको थियो ।

विश्वकप अघि नेपालको दोस्रो तथा अन्तिम अभ्यास खेलमा कप्तान रोहित पौडेल उपलब्ध हुने छैनन् । उपकप्तान दीपेन्द्रसिंह ऐरीको नेतृत्वमा नेपालले चेन्नईको चेपकस्थित एमए चिदाम्बरम रंगशालामा उत्रिने भएको बताइएको छ ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले बिहीबार दिउँसो सञ्चारकर्मीसँग कुराकानी गर्न मुम्बईमा ‘क्याप्टेन्स डे’ राखेको छ र त्यसका लागि रोहित मुम्बई आउनेक्रममा रहेका छन् । नेपालसहित भारत, अफगानिस्तान, क्यानडा, इंग्ल्यान्ड, इटाली, न्युजिल्यान्ड, स्कटल्यान्ड, दक्षिण अफ्रिका, अमेरिका, वेस्ट इन्डिज ‘क्याप्टेन्स डे’ मा सहभागी हुनेछन् ।

अन्य टोलीको ‘क्याप्टेन्स डे’ श्रीलंकाको कोलम्बोमा राखिएको छ । भारत र श्रीलंकाले यस ट्वान्टी–२० विश्वकप खेल संयुक्त रुपमा आयोजना गरिरहेका छन् । नेपाली टोली क्यानडासँग खेलेर शुक्रबार मात्र मुम्बई आई पुग्ने छ । नेपालले आइतबार इंग्ल्यान्डसँग मुम्बईको वाङ्खडे रंगशालामा खेलेर ट्वान्टी–२० विश्वकपको सुरुआत गर्नेछ ।

Exit mobile version