cpn news

“जनता हाम्रो साथमा छन्”: नेकपा कास्की उम्मेदवार

santan ads

पोखरा । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)बाट कास्कीमा तीन वटै निर्वाचन क्षेत्रका उम्मेदवारले आफूहरुले जनतको उत्साहजनक साथ पाएको जनाएका छन् । आ–आफ्नो क्षेत्रमा भेटभाट, घरदैलोमा व्यस्त उनीहरुले यस्तो बताएका हुन् ।

कास्की क्षेत्र नम्बर १ का उम्मेदवार राजकाजी गुरुङ(करण)ले जनताको भरोसा नेपाली कम्युनिष्ट पार्टी र आफूहरुमा रहेको पाएको बताए । उनले जनताले घरदैलो र टोलमा उत्साहजनक रुपमा स्वगत गर्दै अपेक्षा प्रकट गरिरहेको जानकारी दिए । ‘जनतामा हाम्रो पार्टी र हामीप्रति भरोसा छ । यो भरोसालाई कायम राख्दै उहाँरुको सुखदुःखमा सहभागी हुन्छौं’, उनले भने ।

कास्की क्षेत्र नम्बर २ का उम्मेदवार किरण थापा‘आमोद’ले कास्कीमा कसैको गढ भन्ने नरहेको बताए । पुराना गढहरु भत्किएको र जनताले संविधानको रक्षा र परिवर्तनको एजेज्डा बोकेको नेकपासँग धेरै अपेक्षा राखेको पाएको सुनाए । उनले भने, ‘कास्कीमा कसैको गढ भन्ने छैन, पुराना भनिएका गढहरु भत्किएका छन् । जनताले संविधानको रक्षा गर्ने र राष्ट्रको समृद्धिका लागि एजेज्डा भएको दल खोजेका छन् । त्यो भनेको नेकपा नै हो ।’

कास्की क्षेत्र नम्बर ३ मा नेकपाका उम्मेदवार गोपाल गिरीले जनताले आफूहरुको सेवा गर्ने उत्कृष्ट विचार भएको दल र उम्मेदवार खोजेको बताए । त्यसका लागि भरोसायोग्य पार्टीका रुपमा नेपाली कम्युनिष्ट पार्टी र पात्रको रुपमा त्यसका उम्मेदवारलाई विश्वास गर्ने उल्लेख गरे । ‘जनताले उत्कृष्ट विचार भएको दल खोजेका छन् ।’

कास्की क्षेत्र नम्बर ३ मा मंगलबार प्रतिनिधिसभा सदस्य प्रत्यक्षतर्फका उम्मेदवार गोपाल गिरी र समानुपातिक उम्मेदवार कृष्ण नेपालीसहित अन्नपूर्ण गाउँपालिकाको वडा नम्बर ६ र ७ मा सम्पर्क कार्यालय स्थानासँगै घरदैलो कार्यक्रम छ । कास्की क्षेत्र नम्बर २ मा उम्मेदवार किरण थापा ‘आमोद’, समानुपातिक उम्मेदवार ज्ञानु आचार्यसहितका नेता, कार्यकर्ता पोखरा महानगरको वडा नम्बर २१ मा घरदैलोमा छन् ।

यसैगरी कास्की क्षेत्र नम्बर १ मा नेकपाका प्रत्यक्ष तर्फका उम्मेदवार राजकाजी गुरुङ (करण), समानुपातिक उम्मेदवारहरु दिलु पन्त र सोमति गुरुङसहित नेता, कार्यकर्ता मादीको वडा नम्बर ९ मा घरदैलोमा छन् ।

Scroll to Top