मोटरसाइकल चोरीमा संलग्न ३ जना बालक पक्राउ

पोखरा । पोखरा महानगरपालिकाबाट चोरी भएको मोटरसाइकलसहित ३ जना बालकलाई प्रहरीले पक्राउ गरेको छ।

माघ १० गते दिउँसो करिब ३ बजे, पोखरा ३० मुसीटुँडा बस्ने सिताराम श्रेष्ठले २९ घोतघोतेस्थित पसल अगाडि पार्किङ गरी राखेको ग ६ प ६६२४ नम्बरको पल्सर मोटरसाइकल चोरी भएको भन्ने उजुरी प्रहरीमा दिएका थिए ।

सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय शिशुवा, कास्कीबाट खटिएको प्रहरी टोलीले सिसिटिभी फुटेजको आधारमा, अनुसन्धान तथा खोजतलास गर्दै जाँदा उक्त मोटरसाइकल ३ जना बालकहरूले चोरी गरेको खुल्न आएको हो ।

चोरी भएको मोटरसाईकल

त्यसपछि माघ ११ गते बिहान करिब ४ बजे, तनहुँको आँबुखैरेनी २ गणेश टोलस्थित पृथ्वीराजमार्ग सडकखण्डबाट चोरी भएको मोटरसाइकलसहित ती ३ जना बालकलाई ईलाका प्रहरी कार्यालय आँबुखैरेनी, तनहुँको सहकार्यमा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका बालकहरूलाई चोरी सम्बन्धी कसूरमा कास्की जिल्ला अदालतबाट ५ दिनको म्याद थप अनुमति लिई अनुसन्धान कार्य अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।सांकेतिक तस्विर

Exit mobile version