nirwachan ayog

निर्वाचनः उम्मेदवारी फिर्ता आज १ बजेसम्म, अन्तिम नामावली आजै

santan ads

काठमाडौँ । प्रतिनिधिसभा निर्वाचनका लागि आज दिउँसो १ बजेसम्म उम्मेदवारले नाम फिर्ता लिने समय तोकिएको छ ।

निर्धारित कार्यतालिकाअनुसार नाम फिर्ता लिने समय सकिएपछि आजै दिउँसो १ बजेदेखि ३ बजेसम्ममा देशभरका ७७ मुख्य निर्वाचन अधिकृतको कार्यालय र ८८ निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिने जनाएको छ ।

आजै अपराह्न ४ बजेदेखि साँझ ७ बजेसम्ममा उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गरिने कार्यक्रम रहेको निर्वाचन आयोगकाले जनाएको छ ।

यसैगरी देशभरका ७७ मुख्य निर्वाचन अधिकृत र ८८ निर्वाचन अधिकृतको कार्यालयबाट आयोगमा प्राप्त जानकारीअनुसार पुरुष तीन हजार ८८, महिला ३९५ र तेस्रो लिङ्गी एक गरी तीन हजार ४८५ को उम्मेदवारी कायम भएको आयोगले जनाएको छ ।

यीमध्ये चार जिल्लाका पाँच उम्मेदवारमाथि उजुरी परेको थियो । उजुरीका आधारमा कैलाली जिल्ला निर्वाचन क्षेत्र नं १ का उम्मेदवार रेशम चौधरीको उम्मेदवारी खारेज भएको छ ।

Scroll to Top