चिलीको भीषण जंगल क्षेत्रमा आगलागीमा परि कम्तीमा १८ जनाको मृत्यु भएको छ ।
आगलागी पछि चिलीका राष्ट्रपति गेब्रियल बोरिकले ‘ विपद्को अवस्था” घोषणा गरेका छन्।
राजधानी सान्टियागोबाट करिब ५०० किलोमिटर दक्षिणमा अवस्थित नुएभो र बायोबायो क्षेत्रबाट ५०,००० भन्दा बढी मानिसहरूलाई सुरक्षित स्थानमा सारिएको छ।
बोरिकले मृत्यु हुनेको संख्या बढ्ने सम्भावना रहेको बताएका छन्।
चिलीको सबैभन्दा घातक आगलागी तटीय शहर कन्सेप्सियन नजिकैको सुख्खा जंगलमा फैलिएको छ। विपद् व्यवस्थापन अधिकारीहरूले लगभग २५० घरहरू नष्ट भएको बताएका छन्।
स्थानीय मिडियाले सडकमा जलेका कारहरूको तस्बिरहरू देखाए।
चिलीको वन एजेन्सी, कोनाफका अनुसार, सबैभन्दा गम्भीर अवस्था नुएब्ला र बायोबियोमा छ। हालसम्म यी दुई क्षेत्रहरूमा ८,५०० हेक्टर, वा लगभग २१,००० एकड आगोमा डुबेको छ।
