खुमा अर्याल कप: कालीगण्डकीको विजयी सुरुवात 

स्याङ्जा । स्याङ्जाको मालेबगरमा शुक्रबार देखी सुरु भएको प्रथम खुमा अर्याल कप टि ट्वान्टी क्रिकेट लिग रनिङ शिल्ड प्रतियोगिता २०८२ मा कालीगण्डकी गाउँपालिकाले विजयी सुरुवात गरेको छ । 

स्याङ्जा जिल्ला अन्तर पालिका स्तरीय रनिङ शिल्ड प्रतियोगिताको उद्घाटन खेलमा कालीगण्डकीले फेदिखोलालाई ४९ रनले पराजित गर्दै विजयी सुरुवात गरेको हो । 

उद्घाटन खेलमा पहिला ब्याटिङ गरेको कालीगण्डकीले २० ओभरको खेलमा ५ विकेटको क्षतिमा १ सय ७५ रन जोडेको थियो । 

कालीगण्डकीका लागि दर्श सुनारले अर्धसतक पार गर्दै सर्वाधिक ७३ रनको योगदान दिए । उनले ५ छक्का र ५ चौकाको मद्धतले कुल ७३ रनको योगदान गरेका हुन । यस्तै, हिल्सन पाण्डे क्षेत्रीले अर्धसतक पार गर्दै ६५ रन जोडेका थिए । उनले ५९ बलमा ७ चौका र १ छक्काको मद्धतमा कुल ६५ रन जोड्न सकेका हुन । 

कालीगण्डकीका लागि अन्य खेलाडीहरुले दोहोरो अंकको योगफल तयार गर्न नसके पनि कालीगण्डकीले पहिलो जित दर्ता गराएको हो । 

कालीगण्डकीका लागि किरन भट्टराईले २, प्रदिप पान्डे र बिपिन न्यौपानेले १/१ विकेट लिएका थिए । 

यस्तै, १ सय ७६ रनको विजयी लक्ष्य पछ्छाएको फेदिखोलाले २० ओभरमा ६ विकेटको क्षतिमा जम्मा १ सय २६ रन मात्रै जोड्न सक्यो । 

फेदिखोलाका लागि सर्दुल भट्टले ७ चौकाको मद्धतले अर्धसतक पार गर्दै ४१ बलमा ५६ रन जोडेका थिए । 

यस्तै, ट्रभिस जैसिले २ चौकाको मद्धतमा १७ बलमा १७ रन जोडेका थिए भने सन्नी अधिकारीले १ चौकाको सहायताले २४ बलमा १० रनको योगफल तयार गरे । फेदिखोलाका अन्य खेलाडीहरुले दोहोरो अंकको योगफल बनाउन सकेनन । फेदिखोलाका लागि प्रसान्त सुवेदी र सुजन गौतमले समान २/२ विकेट लिएका थिए । 

शुक्रबारको उद्घाटन खेलमा कालीगण्डकी गाउँपालिकाका खेलाडी दर्श सुनार म्यान अफ दि म्याच घोषित भए । १४ गतेसम्म चल्ने खेलमा जिल्लाका ११ वटै पालिका सहभागी रहेका छन ।

प्रतियोगिताको उपाधी विजेताले बहुमुल्य रत्न जडित रनिङ शिल्ड संगै नगद २ लाख रुपैयाँ सहित ट्रफी, मेडल र प्रमाणपत्र हात पार्नेछ । प्रतियोगिताको उप विजेताले नगद १ लाख ५० हजार रुपैयाँ, यस्तै तृतिय र सान्त्वनाले क्रमश: नगद १ लाख र ५० हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन । 

स्याङ्जा सदरमुकाम पुतलीबजार नगरपालिका १ स्थित मालेबगर खेलमैदानमा सुरु भएको प्रतियोगिताको उद्घाटन पुतलीबजार नगरपालिकाका नगर प्रमुख तुलसीराम रेग्मीले गरेका थिए ।

कार्यक्रममा कालीगण्डकी गाउँपालिका अध्यक्ष खिम बहादुर थापा, खुमा अर्याल फाउन्डेसनका संरक्षक भेषराज अर्याल लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा जिल्ला समन्वय समिती स्याङ्जाका प्रमुख श्रीप्रसाद घर्ती, पुतलीबजार नगर उप प्रमुख देवी अर्याल, फाउन्डेसनका संस्थापक खुमा प्रसाद अर्याल लगायतको उपस्थिती थियो । 

फाउन्डेसनका अध्यक्ष लेखनाथ शर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पुतलीबजार नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख बाबुराम बरालले स्वागत एवम् फाउन्डेसनका सचिव ध्रुव शर्मा र शिक्षा विभाग विज्ञ समिति संयोजक युक्त नारायण अर्यालले कार्यक्रम संचालन गरेका थिए ।

Exit mobile version