Family-and-Baby-Expo

भृकुटीमण्डपको ‘फेमिली एण्ड बेबी एक्स्पो–२०२६’

santan ads

काठमाडौं– काठमाडौंको भृकुटीमण्डपमा बिहीवारदेखि फेमिली एण्ड बेबी एक्स्पो–२०२६ प्रारम्भ भएको छ । इभेन्ट सोलुसन प्राइभेट लिमिटेडको आयोजनामा अभिभावक, बालबालिका तथा सम्पूर्ण परिवारका लागि आवश्यक सामग्री तथा सेवाहरू एकै छानामुनि उपलब्ध गराउने उद्देश्यले यो कार्यक्रम आयोजना गरिएको हो ।

माघ ५ गते सोमवारसम्म सञ्चालन हुने यो प्रदर्शनीमा शिशुका लागि आवश्यक पोषण, लत्ताकपडा, खेलौना, शिक्षा, स्वास्थ्य सेवा र मातृ स्वास्थ्यसँग सम्बन्धित १०० भन्दा बढी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ब्राण्डका स्टलहरू रहेका छन् । यो एक्स्पोलाई नेपालकै पहिलो र बृहत् पारिवारिक उत्सव भनिएको छ । पाँच दिनसम्म चल्ने यो प्रदर्शनीमा पहिलो दिन अवलोकनकर्ताहरुको राम्रो उपस्थिति देखिएको थियो ।

इभेन्ट सोलुसन प्रालिका प्रवन्ध निर्देशक तथा नेपाल प्रदर्शनी तथा समारोह संघका उपाध्यक्ष विजय सागर प्रधानले सहरका बालबच्चालाई ध्यानमा राखेर यो कार्यक्रम आयोजना गरिएको बताएका छन् । ‘सहरमा राम्रा स्कुल छन्, तर खेल्ने प्रशस्त स्पेश छैन । त्यसखालको अभावलाई समाधान गर्न यो प्रदर्शनीले सहयोग गर्न सक्छ, प्रधान भन्छन्– ‘अहिलेका बच्चा हरेक क्षेत्रका विषयमा चासो राख्छन् त्यसखालको जिज्ञासा मेटाउन पनि यो कार्यक्रम राखिएको हो । यो एक्स्पो नेपालकै पहिलो र बृहत् पारिवारिक उत्सव हुने अपेक्षा गरिएको छ । साथै अभिभावक, बालबालिका र सम्पूर्ण परिवारका लागि आवश्यक सामग्री तथा सेवा एकै छानामुनि उपलब्ध गराउने उद्देश्यले यो कार्यक्रम आयोजना गर्न लागिएको हो ।’

Scroll to Top