पोखरा । पोखरा–१४ मनकामना टोलको खेल मैदानमा जारी मनोहर कप तेस्रो क्लब स्तरीय खुला पुरुष भलिबल प्रतियोगितामा नवज्योति क्लब र पकुवा भलिबल क्लबले जित निकालेका छन् ।
बुधबार भएको पहिलो खेलमा नवज्योतिले मादी–७ माथि रोमाञ्चक जित निकालेको हो । पहिलो सेट २५–२० र दोस्रो सेट ३३–३१ ले जित निकालेको नवज्योतिले तेस्रो र चौथो सेट मादीलाई सुम्पियो ।
मादीले तेस्रो सेट २५–२१ र चौथो सेट २५–२२ ले पुनरागमन ग¥यो । पाँचौ सेटमा १५–१२ ले जित निकाल्दै नवज्योति अर्काे चरणमा प्रवेश गर्न सफल भयो ।
आजको दोस्रो खेलमा पकुवाले आयोजक महोनर क्लबको ‘बी’ टिममाथि सोझो सेटको जित निकाल्यो । पकुवाले पहिलो सेट २५–७, दोस्रो सेट २५–६ र तेस्रो सेट २५–१० ले आफ्नो पक्षमा पा¥यो ।
प्रतियोगिताअन्तर्गत भोलि ३ खेल हुनेछन् । भोलिको पहिलो खेल बिहान ८ बजे नवज्योति क्लब र एपीएफ पोखराबिच हुनेछ । त्यसपछि पोखरा युनाइटेड र पोखरा भलिबल टे«निङ सेन्टरबिच खेल हुने तालिका छ ।
