१ लाख ३३ हजार म्यादी प्रहरीको माग, यस्ता छन् योग्यता …

फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि सरकारले १ लाख ३३ हजार ९ सय ८० निर्वाचन प्रहरी (म्यादी) भर्नाको तयारी गरेको छ ।

नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बल नेपाल कार्यविधि २०८२ अनुसार निर्वाचन प्रहरी भर्ना गर्न लागिएको हो ।

निर्वाचन प्रहरीमा भाग लिन इच्छुक नेपाली नागरिकलाई माघ १० गतेसम्म आवेदन दिन आह्वान भएको छ ।

प्रहरी, सशस्त्र प्रहरी र सेनाबाट अवकाश पाएकाहरुले पनि आवेदन दिन सक्नेछन् ।

यस्तै २०८२ पुससम्म सेना, प्रहरी र सशस्त्रमा आवेदन दिएकाहरु पनि प्राथमिकतामा पर्नेछन् ।

यसअघिका निर्वाचनमा सहभागी भएका म्यादी प्रहरी र विदेशी फौजमा काम गरेकाहरुलाई पनि यसपटक प्राथमिकतामा राखिएको छ ।

पुरुषका हकमा कम्तीमा ५ फिट उचाइ र महिलाका हकमा ४ फिट १० इञ्च उचाइ र गर्भवती नभएको प्रावधान राखेर आवेदन आह्वान भएको छ ।

आवेदकहरुबाट माघ ९ गतेभित्र छनौट गरी माघ १५ गते प्रशिक्षण शुरु हुने नेपाल प्रहरीको सूचनामा उल्लेख छ ।

Exit mobile version