फेवा किनारमा आइसीसी विश्वकप ट्रफी !

santan ads

आगामी फेब्रुअरी ७ देखि आयोजना हुने ट्वान्टी-२० विश्वकपको ट्रफी आज पोखराको फेवा किनारमा आइपुगेको छ ।
ट्रफीको आगमनसँगै गण्डकी प्रदेश प्रमुख सुरेन्द्रराज पाण्डेले ऐतिहासिक र गर्वको क्षण भन्दै खेलाडीलाई जीतको शुभकामना दिएका छन् । यसअघि सोमबार ट्रफी राष्ट्रपति भवन, शीतल निवासमा सार्वजनिक गरिएको थियो ।

सार्वजनिकीकरण समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले नेपाल आज खेलप्रेमी राष्ट्रको रूपमा सशक्त तवरले स्थापित हुँदै गएको भन्दै आवश्यक संरचना, अवसर र सम्भावनाहरू क्रमशः विकास हुँदै जानु नेपाली खेलकुद क्षेत्रका लागि सकारात्मक संकेत भएको उनको भनाइ थियो ।

नेपालमा विश्वकप ट्रफी ल्याई नेपाली क्रिकेट र जनताको उत्साह एवं आत्मविश्वास अभिवृद्धि गरिदिएको भन्दै राष्ट्रपति पौडेलले आईसीसीलाई धन्यवादसमेत दिएका थिए ।विश्वकपमा नेपाल समूह ‘सी’मा परेको छ । नेपालको समूहमा इङ्ल्यान्ड, वेस्ट इन्डिज, इटाली र बङ्गलादेश छन् ।

Scroll to Top