आगामी २१ फागुनका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको तयारीस्वरुप निर्वाचन आयोगले एक सय ६५ निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृत खटाएको छ।
आयोगका अनुसार न्यायपरिषद्को परामर्शमा ७७ जना न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत र न्यायसेवाका ७७ जना सहसचिव उपसचिवलाई निर्वाचन अधिकृतमा नियुक्त गरिएको छ।
उनीहरुले २ माघमा खटाइएको क्षेत्रमा निर्वाचन कार्यालय स्थापना गरी निर्वाचन कार्यक्रमहरू सञ्चालन गर्ने निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले बताए।
आयोगले कास्कीमा सीता रेग्मी, निर्मलाकुमारी खड्का र हिमलाल बेल्बासेलाई खटाएको छ । जसमध्ये रेग्मी र खड्का सर्वाेच्चका इजलास अधिकृत हुन् भने बेल्बासे कास्की जिल्ला अदालतका न्यायाधीश हुन् ।
मुख्य निर्वाचन अधिकृत र अधिकृतको सूचीः
