गण्डकीबाट समानुपातिकमा रास्वपाका १० परे, नवलपरासीबाट शून्य

santan ads

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रतिनिधिसभा निर्वाचनका लागि गण्डकी प्रदेशबाट १० जनालाई समानुपातिक उम्मेदवारको सूचीमा समावेश गरेको छ ।

गण्डकीका ११ जिल्लामध्ये १० जिल्लाबाट प्रतिनिधित्व हुँदा सांगठनिक रूपमा बलियो मानिएको नवलपरासीबाट भने यसपटक कोही पनि उम्मेदवार अटाउन सकेनन् ।

रास्वपा गण्डकी प्रदेश महामन्त्री नवीन त्रिपाठीका अनुसार सार्वजनिक सूचीमा तनहुँबाट सबैभन्दा धेरै ३ जना र कास्कीबाट २ जना परेका छन् ।

तनहुँबाट मनकाजी श्रेष्ठ, डा. रुपक विक घिमिरे र किशोर गन्धर्व उम्मेदवार बनेका छन् भने कास्कीबाट विष्णुकुमारी गुरुङ र समिउन मुस्लिम सूचीमा छन् ।

यस्तै, बागलुङबाट चर्चित कलाकार प्रकाश सपुत, मुस्ताङबाट सुरेश गुरुङ, स्याङ्जाबाट भूमिबहादुर गुरुङ, गोरखाबाट एलिजा गुरुङ र म्याग्दीबाट दिपककुमार बोगटीलाई समानुपातिक उम्मेदवार बनाइएको छ ।

Scroll to Top